फेसबुकमा चुलियो ‘हिम्मतवाली’ काण्ड ;कान्तिपुर पब्लिकेशनकै बेइज्जत गर्यो: रेखा

फूलपातीमा रिलिजमा आएको रेखा थापा निर्देशित तथा अभिनित फिल्म ‘हिम्मतवाली’ ले उत्साहजनक ब्यापार गरिरहेका बेला फिल्मको समिक्षाले नयाँ काण्ड मच्चाएको छ ।
अन्य अभिनेत्री भन्दा मिडिया र पत्रकार संग राम्रो सम्बन्ध स्थापित गर्न सफल बनेकी रेखा थापाको केही पत्रकार सँग सम्बन्ध चिसिएको छ ।फिल्म ‘हिम्मतवाली’को रेखा संगको व्यक्तिगत दुस्मनिकै शैलीमा कान्तिपुरका पत्रकार गोकर्ण गौतमले गलत तरिकाले समिक्षा गरेका छन् । गलत यस अर्थमा की फिल्ममा नायक सुदर्शन गौतमले बोल्ने सम्बादलाई पनि पत्रकार गौतमले रेखाले बोलेको भनेका छन् ।उनले फिल्मको समिक्षा गर्दै सामाजिक संजाल फेसबुकमा समेत यस्तो स्टाटस पोस्ट गरेका छन् ‘हिम्मतवाली’को एक दृश्यमा रेखा थापा भन्छिन्, ‘आई नीड् ब्रेन, नट् मसल ।’ विडम्वना यही संवादले फिल्मको धज्जी उडाएको छ । किनभने रेखाले बुद्धि होइन्, बल भएकीलाई हिम्मतवाली प्रमाणित गर्ने प्रयास गरेकी छिन् । फलत: यो फिल्म हेर्न मस्तिष्क नचाहिने भएको छ, मसल (पैसा र समय) भए पुग्छ ।गौतमले रेखालाई यस अघी ‘नखरमौली’ भनेको सुदर्शन गौतमले आफ्नो स्टाटसमा उल्लेख गरेका छन् त्यस्तै फिल्मलाई पत्रकारले ‘नखरावाली’को संज्ञा दिएका छन् ।
पत्रकार गौतमको यस किसिमको फिल्म समिक्षालाई व्यक्तिगत रिसिबी भएको र केहि समय अघि अन्तर्वार्ताको क्रममा ‘बार्गेनिंग’ नमिलेको भन्ने कुरा रेखाको फेसबुक कमेन्टले स्पस्ट पारेको छ ।रेखाले कमेन्टमा पत्रकार गौतमले कान्तिपुर पब्लिकेसनकै बेइज्जत गरेको कुरा उल्लेख गर्दै ‘आत्मा’बेच्न छोड भनेकी छिन् । ‘धेरै बिक्रि भयौ कलम चलाउने मान्छेले आत्मा बेच्नु हुन्न र फिल्मको रिभ्यु गर्ने बेला भएको छैन भनि रेखाले पत्रकार गौतमलाई सुझाब दिएकी छिन् । अभिनेत्री रेखा थापाले ‘नखरमौली’ र ‘नखरावाली’को कारण घोर आपत्ति जनाउदै न्यायको बाटो खोज्ने बताएकी छिन् ।

0 comments
Write Down Your Responses