सलमान खान कट्रिना पछी अब सोनाम कपुर संग मस्ती गर्दै
मुम्बई : बलिउड स्टार सलमान खान नायिकाका लागि 'लक्‍की एक्टर' मानिन्छन्। उनको साथ पाएका अधिकांश नायिका सफल पनि भएका छन्। सलमानले अभिनय गर्ने कुनै चलचित्रको तयारी हुनासाथ कुन नायिकाले अवसर पाउने हो भन्‍ने चर्चा सुरु हुन थाल्छ।

कट्रिना कैफ, सोनाक्षी सिन्हा, जरिन खान, जेक्विलिन फर्नान्डेजलगायतका धेरै नायिका सलमानकै कारण बलिउडमा छाउन सफल भए। अब यो अवसर पाउने भएकी छन् अर्की नायिका सोनाम कपुरले।

समाचारस्रोतका अनुसार सुरज बार्जात्यको नयाँ चलचित्र 'प्रेम रतन धन पायो' मा सलमान खानका साथमा सोनाम कपुरको अभिनय रहने भएको छ। स्टार अभिनेता अनिल कपुर पुत्री सोनामले विभिन्न चलचित्रमा अभिनय गरे पनि सफलताको स्वाद चाख्न पाएकी छैनन्।

सलमानको साथका कारण अब उनको करियरले नयाँ मोड लिन सक्ने चर्चा अहिले बलिउडमा चल्न थालेको छ। छायांकन सुरु भइसकेको यो चलचित्र सन् २०१५ को दीपावलीमा रिलिज गरिने बताइएको छ। -एजेन्सी
source: annapurnapost

0 comments

Write Down Your Responses

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues