बियर पिउन मन लागेपछि एक व्यक्तिले भट्टीकै अगाडि रोके प्लेन
रक्सी पिउने लत बसेपछि दायाँबायाँ अगाडि पछाडि के भईरहेको छ केही देख्दैनन मान्छे । यस्तै कुरालाई प्रमाणित गरिदिएका छन अष्ट्रेलियाका एक व्यक्तिले ।  
३७ वर्षिय यी व्यक्तिलाई जब रक्सी पिउन मन लाग्यो तब यिनले आफ्नो लाइट २ सिट भएको प्लने सिधै पबको अगाडि नै ल्याण्ड गरिदिए । अष्ट्रेलियाको न्युमन मा बस्ने जनताले पबको बाहिर उनलाई देखेको बताएका छन ।   ती व्यक्तिलाई अष्ट्रेलियाका पुलिसले ज्यान जोखिममा हालेको, स्वास्थ्य र सुरक्षाको धारा लगाएको बताइएको छ । पुलिस अधिकारीका अनुसार 'दुई सीट वाला प्लेन खाडीको किनारमा थियो र त्यसमा कोही थिएन र प्लेनको पंखा पनि निकालिएको थियो ।'   यो घटनालाई लिएर पुलिस गंभिर भएको बताइएको छ । जुन बेला यस्तो घटना भएको थियो त्यतिबेला स्कूलबाट बच्चाहरु घर फर्किने समय भएको थियो । यस्तो बेला कुनै दुर्घटना पनि हुन सक्थ्यो । तर त्यतिबेला त्यहाँ कुनै भिड नभएको बताइएको छ । अहिलेसम्म उक्त प्लेनको मालिकको नाम भने पत्ता नलागेको बताइएको छ । source:nepaliheadlines

0 comments

Write Down Your Responses

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues