गोरखाकी युवतीलाई नुवाकोटको वनमा लगेर निर्ममता पुर्बक हत्या

गोरखा जिल्ला थालाजुङ गाविस–९ की २३ वर्षीया रीता गुरुङको मङ्गलबार राति नुवाकोटको सुनखानी गाविस–७ छहरे–टोखा सडकखण्ड नजिकै चाँपे वनमा हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न भएको आरोपमा गणेशस्थान गाविस–४ का २५ वर्षीया अजय ढकाललाई स्थानीयको सहयोगमा प्रहरीले गएराति नै पक्राउ गरेको छ ।
काठमाडाँै बस्दै आएकी गुरुङलाई हिजो साँझ ढकालले मोटरसकाइलमा सुनखानीको जङ्गलमा ल्याई हत्या गरेको प्रहरीले जनाएको छ । ढकाललाई बा६४प २२३ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको छ ।

0 comments
Write Down Your Responses