'सन्तुष्टी मिलेन ? कन्डोम प्वाल पार्नुस

जापानका एक प्रान्तीय राजनीतिज्ञले मुलुकको घट्दो जन्मदरको समस्या समाधान गर्न विवाहित जोडीलाई जानाजान प्वाल परेको कन्डम वितरण गर्ने प्रस्ताव राखी आफैँ समस्यामा परेको स्थानीय आमसञ्चारले शुक्रबार उल्लेख गरेका छन् ।
महानगरपालिका सभासदस्य तोमोनागा ओसादाले यस प्रकारको प्रस्ताव राखेपछि कडा चेतावनी प्राप्त गरेका छन् र उनलाई यस विषयमा माफी माग्न बाध्य बनाइएको छ । उनको भनाइबाट क्रुद्ध भएका व्यक्तिहरूले उनलाई गाली गर्दै फोन गरेका छन् ।
ओसादाले आफूले निन्दनीय टिप्पणी नगरेको तर आफू यस विषयमा दुःखी भएको माइनिची सिम्बुनलाई बताए । उनले उक्त टिप्पणी सभाको नियमित बैठकमा गत महिना गरेका हुन् । नवविवाहितको यौनसम्पर्क क्षमता विस्तार गर्न उनीहरूलाई जापानी सखरखण्ड वितरण गर्नुपर्ने पनि उनले बताएका थिए ।उनले जापानी प्रसारण संस्था एनटीभीलाई आफ्नो नगरसभा राम्रो र मैत्रीपूर्ण स्थान होस् भनी यसप्रकारको टिप्पणी गरेको बताए ।
बालबालिका जन्माउन नसक्ने व्यक्तिको अपमान गर्ने वा उनीहरूको आलोचना गर्ने आफ्नो कुनै मनसाय नभएको धारणा दिएका छन् ।जापानमा जन्मदर विश्वकै सबैभन्दा कम भएका मुलुक सरह मानिन्छ र टोकियो हाल द्रूत रूपमा बढिरहेको प्रौढ व्यक्तिमा भएको सामाजिक सेवा खर्च कम गर्न प्रयासरत् छ । रासस/एएफपी

0 comments
Write Down Your Responses