video
»
२० फिटको एनाकोन्डाले एक व्यक्तिलाई जिउँदै निलेपछि…. (भिडियोसहित)
२० फिटको एनाकोन्डाले एक व्यक्तिलाई जिउँदै निलेपछि…. (भिडियोसहित)
न्यूयोर्क – प्रकृतिविद् पल रोसोलीले करिब एक महिना पहिले गरेको उद्घोषले उनी निकै चर्चित बनेका थिए । आफू एनाकोन्डाको पेटमा जिउँदै जाने उनको पूर्व घोषित स्टन्ट आखिर उनले पूरा गरेरै छाडे । सारा मानिसहरुले प्रतिक्षा गरिरहेको उनको स्टन्टलाई निष्कर्षमा पुराउनका निमित्त उनी अमेजनको घना जंगलमा पुगेका थिए । पललाई जतिबेला एनाकोन्डाले जिउँदै निलिरहेको थियो, उनको प्रत्येक पल क्यामरामा कैद गरिएको थियो । एनाकोन्डाको पेटमा एक घण्टाः एनाकोन्डालाई संसारको सबैभन्दा ठूलो प्रजातिको सर्प मानिन्छ र यसले आफ्नो शिकारलाई निल्नुभन्दा पहिले मार्ने गर्दछ । यो कुरा रोसोलीका लागि सबैभन्दा ठूलो चुनौती थियो र उनको सबै प्रयास यसको अगाडि फेल हुन सक्थ्यो । यति हुँदाहुँदै पनि रोसोली बाँच्न सफल भएका छन् र अमेरिकामा गत आइतबार राती मानिसहरुले यो पूरै घटनालाई डिस्कभरी च्यानलमा लाइभ हेरेका थिए । बनाइएको थियो स्पेशल सुट एनाकोन्डाको पेट भित्र रोसोलीको सास नरोकियोस् भन्ने उद्देश्यले एक विशेष प्रकारको कार्बन फाइबरको सूट डिजाइन गराएका थिए । यो सूटलाई सास फेर्ने उपकरणहरु सँगै फिट गरिएको थियो । यसका साथसाथै यसमा क्यामरा र कम्युनिकेशन सिस्टम पनि जडान गरिएको थियो । एनाकोन्डाले निलिसकेपछि जडान गरिएका उक्त यन्त्रहरुले काम गर्छ कि गर्दैन भन्ने उनलाई मेसो थिएन । जे जस्तो परिस्थिती भएपनि एनाकोन्डाको पेटभित्र आफ्नो सास नरोकियोस् भन्ने कुरामा उनको ध्यान केन्द्रित थियो । एनाकोन्डाको खोजीमा जंगलमा ६० दिन बिताएपछि अन्ततः रोसोली र उनको समूहले एउटा एनाकोन्डा पाए ।

रोसोली उक्त एनाकोन्डाको अगाडि जाँदा त्यसले केहि प्रतिक्रिया नदिएपछि रोसोलीले उनलाई जिस्काए । तत्पश्चात उनको उद्देश्य सफल हुनसक्यो । १२ डिसेम्बरमा हुनेछ प्रसारण एनाकोन्डाको पेटभित्र गइसकेपछि आफ्नो एउटा गलत कदमले जिन्दगी नै खत्तम हुने हो कि भन्ने डर आफूलाई भएको रोसोलीलाई उदृत गर्दै आइबिएन लाइभले बताएको छ । तर उनी आफ्नो पूरै टिमसम्म निरन्तर सम्पर्कमा रहेको उनले बताएका छन् । यद्यपी आफू एनाकोन्डाको पेटबाट बाहिर आएको तरिका भने उनले कसैलाई पनि बताएका छैनन् । एनाकोन्डा सुरक्षित रहेको उनको दाबी छ । उक्त कार्यक्रम चीन र भारतमा एकैपटक १२ डिसेम्बरमा प्रसारण हुने बताइएको छ । उता रोसोलीको यस्तो कदमलाई पशु अधिकारकर्मीले बिरोध गरेका छन् । उनीहरु भन्छन्, ‘रेकर्ड कायम गर्नका लागि एनाकोन्डालाई यातना र सास्ती दिनु पशु अधिकार विपरित हो ।’ (एजेन्सी)
0 comments
Write Down Your Responses