हिमाल ग्यासको डिपोमा विप्लव माओवादीको ‘कब्जा’: झण्डै २ हजार सिलिण्डर सित्तैमा बाँडियो

विप्लव माओवादीका कार्यकर्ताले झण्डै ५ हजार ग्यास सिलिण्डर सडकमा ल्याएका छन् । जसमध्ये झण्डै २ हजार सार्वसाधारणलाई निःशुल्क बाँडिएको छ ।
उक्त स्थानमा ग्यास भएर पनि लुकाएको तथा कालोबजारी गरेको आरोप लगाइएको विप्लव माओवादीको नेवाः राज्य समितिले पर्चा समेत भेटिएको छ ।
कालोबजारी गरेर ग्यास लुकाएकाले कारबाही गरिएको माओवादी केन्द्रीय सदस्य सुदीप मल्लले अनलाइनखबरसँग बताए । उनले भने-‘कालोबजारिया, तस्कर र भ्रष्टाचारीलाई अब कारबाही सुरु भयो ।’

0 comments
Write Down Your Responses