सन्नी लियोन लिफ्टमा अड्किएपछि…
मुम्बई । बलिउड अभिनेत्री सन्नी लियोन हालै एक म्यागाजिनका लागि भएको इभेन्टमा गएकी थिइन् । यस दौरान उनलाई निकै आपत् पर्‍यो ।
जुन भवनमा सन्नीको यो कार्यक्रम भइरहेको त्यही भवनको लिफ्टमा फसेपछि उनलाई आपत् परेको हो ।
सन्नी र उनका पति डेनियलको तस्वीर जनवरी २०१५ को म्यागाजिनको कभरपेजमा छापिएको छ ।
सोही तस्वीर खिचाउँन जाँदा उनीहरु दुवैजना केही म्यानेजरसहित लिफ्टमा फसेका हुन् । फसेपछि उनीहरुले प्राविधिकहरुको सहयोगमा निकालिएको थियो ।

0 comments

Write Down Your Responses

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues