संसदमा कुर्सी तोडफोड गर्नेको प्रहरीले भाँचिदियो हात
काठमाण्डु, ७ माघ– संविधानसभा बैठकमा मंगलबार बिहान कुर्सी र माइक तोडफोड गर्ने एमाओवादी सभासद दलजित श्रीपाली प्रहरी आक्रमणमा घाइते भएका छन् ।

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा र नेकपा–माओवादी लगायतले गरेको बन्दका क्रममा उनी मंगलबार घाइते भएका हुन् । बानेश्वरमा मंगलबार भएको झडपमा उनी घाइते भएका हुन् ।


प्रहरीको लाठी प्रहारबाट श्रीपालीको दाहिने हात भाँचिएको छ ।

श्रीपालीले राजनीतिक प्रतिशोध र बदलाको भावनाबाट आफूमाथि नियोजित आक्रमण भएको बताए ।
एमाओवादी पूर्वलडाकुका डिभिजन सहकायक कमाण्डर उनी समानुपातिकतर्फका सभासद हुन् ।

काँग्रेस–एमालेले आफूहरुलाई बाहिरै राखेर जबर्जस्ती प्रक्रियाबाट संविधान जारी गर्न खोजेको भन्दै एमाओवादीसहित विपक्षी सभासदले संविधानसभामा कुर्सी र माइक तोडफोड गरेका थिए । 

0 comments

Write Down Your Responses

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues