पत्रकार ऋषि धमला एकाएक बेपत्ता


विहानै मिडिया हाउसहरुमा फोन गरेर पत्रकार बालुवाटार लगेका धमलाको कार्यक्रम असफल भएपछि उनलाई निकै नराम्रो लाग्यो ।
उनले पत्रकारिता थालेपछि पाएको ठुलो धोका मध्ये एक थियो, प्रधानमन्त्री कोइरालाले दिएको धोका । प्रधानमन्त्री कोइरालाबाट धोका खाएका पत्रकार धमला अहिले भने गायब भएका छन् ।
राजनीतिक माहौल तातीरहेका बेला पत्रकार धमला भने आइपुग्न छाडेका छन् । प्रमुख दलका वार्ताहरुमा भित्र सम्म पुग्ने हैसियत राख्ने धमला पछिल्लो दुई दिन भने यस्ता स्थानमा जान छाडेका छन् ।
खास गरि संविधान लेखन स्थल, नयाँ बानेश्वरमा उनी आएका छैनन् भने प्रमुख दलका शीर्ष नेताहरुको बैठक हुने स्थानमा पनि उनी आउन छाडेका छन् । उनलाई नदेखेका सञ्चारकर्मीहरुले खोइ त ऋषि कता गायब भयो भनेर उनको खोजी निधी गर्न थालेका छन्

1 comments
Write Down Your Responses
January 19, 2015 at 4:59 AM
प्रधानमन्त्रिज्युले ठिकै गर्नु भयो । यो धमला भन्ने व्यक्तीले न त पत्रकारिताको धर्म थाहा छ । न त यो व्यक्तिलाई पत्रकार नै भन्न सुहाउछ । पत्रकारको खोल ओडेको पाजी हो यो ।