काठमाडौं–स्टाइल’ क्यासिनोबाट ५ नेपाली युवती रंगे पक्राउ
नयाँ दिल्ली, पुस २८ - हरियाणा राज्यमा रहेको औद्योगिक शहर गुढगाउँमा नेपाली युवती समेत राखेर सञ्चालन हुँदै आएको ‘काठमाडौं–स्टाइल’को क्यासिनोमा स्थानीय प्रहरी प्रशासनले छापा मारेको छ ।

गैर कानूनी रुपमा संचालित क्यासिनोमा शनिबार साँझ छापा मार्दा क्यासिनो टेबलमा रहेको २० लाख रुपैयाँसहित क्यासिनो खेलमा रहेका ४३ व्यक्ति पक्राउ परेको जनाइएको छ । अमृतसर घर भएका नरेश मल्होत्राले संचालन गरेको क्यासिनोमा काठमाडौंबाट ल्याइएका ५ युवतीले ग्राहकसँग खेलका बारे ‘डिल’ गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरी अधिकारीका अनुसार केही महिनायता संचालनमा आएको क्यासिनोमा प्रवेश शुल्क १ लाख रुपैंयाँ राखिएको र यहाँ गुढगाउँ, फरिदाबाद, दिल्लीदेखिका धनीमानी ग्राहकको जमघट बढ्दै गएपछि सुराकी आधारमा छापा मारिएको हो । पक्राउ पर्ने नेपाली युवतीमा मुना, सरिता, रजनी, सम्झना र सोनम रहेको जनाइएको छ ।

क्यासिनोमा खानपिनसहित निजी सुरक्षाकर्मी (बाउन्सर) को प्रबन्ध गरिएको र दिनहुँ १ सयभन्दा बढी ग्राहक जाने गरेको प्रहरी अधिकारीले मिडियामा जानकारी दिएका छन् । क्यासिनो संचालक मलहोत्राले काठमाडौंबाट ल्याइएका युवतीलाई मासिक २० हजार रुपैंया तलब तोकेका थिए ।

0 comments

Write Down Your Responses

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues