सेक्स र्याकेटमा रंगेहात पक्राउ परेका १० नायिकाहरु

‘चलते चलते’ र ‘ओम शान्ती ओम’ जस्ता ठूला फिल्महरुमा काम गरिसकेकी दक्षिण भारतीय नायिका ऐश अन्सारीलाई सन् २०१३ नोभेम्बर ५ तारिकका दिन देह व्यापार गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो । जोधपुरको राइकाबाग रोडस्थित एक होटलमा अन्य तीन महिलाहरुको साथमा उनलाई पक्राउ गरिएको थियो । ऐश अन्सारीसँग जोडिएको यो सेक्स र्याकेट अनलाइन सञ्चालन हुने गरेको बताइएको छ ।
सायरा बानूः
हैदराबादमा सन् २०१० अगस्ट २३ तारिखका दिन एउटा ठूलो सेक्स र्याकेटको भण्डाफोर भएको थियो । यो र्याकेटमा बलिउडकी निकै चर्चित नायिकाहरुलाई रंगेहात पक्राउ गरिएको थियो । देहव्यापारमा संलग्न ९ जना मानिसहरुलाई पक्राउ गर्न पुलिस सक्षम भएको थियो जसमा दुईजना नायिकाहरु थिए । यीमध्ये एक थिइन् साउथकी सहायक नायिका सायरा बानू । उनीसँगै उज्बेकिस्तानकी एक महिलालाई पनि पक्राउ गरिएको थियो ।
श्रावणीः
तेलुगु धारावाहिक ‘हिमाबिन्दु’ र ‘लाया’ मा काम गरिसकेकी नायिका श्रावणीलाई एक हाई–प्रोफाइल सेक्स र्याकेटमा सन् २०१३ मा अक्टोबर ३ तारिखका दिन पक्राउ गरिएको थियो । उनीसँगै जयराल स्टिलका मालिक संजन कुमार गोयनलाई पनि पक्राउ गरिएको थियो । घटनास्थलबाट पुलिसले २ लाख नगद पनि बरामद गरेका थियो ।
भुवनेश्वरीः
थुप्रै तमिल फिल्म र धारावाहिकहरुमा काम गरिसकेकी भुवनेश्वरीलाई पनि देह व्यापारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको थियो । सन् २००९ मा भुवनेश्वरीलाई चेन्नई मा दुई भारतीय महिलाहरुसहित देह व्यापार गरिरहेको अवस्थामा पुलिसले पक्राउ गरेको थियो । भुवनेश्वरीमाथि आफ्नै अपार्टमेन्टमा सेक्स र्याकेट चलाएको आरोप छ । यी नायिकाका छिमेकीले केहि गलत भइरहेको आशंकामा पुलिसलाई सो कुराको जानकारी पछि उक्त घटना पर्दाफास भएको हो ।
ज्योतिः
दक्षिण भारतीय अभिनेत्री सायरा बानू जुन सेक्स र्याकेटमा पक्राउ परेकी थिइन् त्यसमा ज्योति पनि संलग्न थिइन् । सन् २०१३ अगस्ट २३ मा पुलिसको अनुसन्धानमा दुबै नायिकाहरु रंगेहात पक्राउ परेका थिए ।
किन्नराः
अर्की दक्षिण भारतीय अभिनेत्री किन्नरालाई पनि सेक्स ब्रोकरको आरोप लागेको थियो । यसको खुलासा एउटा न्यूज च्यानलको स्टिंगमा गरिएको थियो । फिल्म निर्माता र निर्देशकहरुलाई प्रलोभनमा पारेर उनले थुप्रै फिल्ममा अभिनय गरेको उनीमाथि आरोप लागेको छ ।
यमुनाः
चर्चित अभिनेत्री यमुनालाई बैंगलोर पुलिसले उनको कथित सेक्स र्याकेटमा संलग्न भएको आरोपमा पक्राउ गरियो । पुलिसले बैंगलोरको बिट्ठल माल्या रोडमा स्थित एक होटलबाट यमुनालाई पक्राउ गरेको थियो ।
श्वेता बसु प्रसादः
इकबाल फिल्ममा अभिनय गरेकी श्वेता बसु प्रसादलाई सेक्स र्याकेटमा लिप्त भएको आरोपमा रंगेहात पक्राउ गरिएको थियो । पक्राउ पछि नायिकाले आफ्नो अपराध स्विकार गरेकी थिइन् । श्वेताले सन् २००२ मा विशाल भारद्वाजको फिल्म ‘मकडी’ मा दोहोरो भूमिका निर्वाह गरेकी थिइन् त्यतिबेला उनी ११ वर्षकी थिइन् । यो फिल्ममा आफ्नो अभिनयको लागि श्वेताले ‘बेस्ट चाइल्ड आर्टिस्ट’ नेशनल अवार्ड पनि हात पारेकी थिइन् ।
निहारिकाः
दक्षिण भारतकी अर्की नायिका पनि देशव्यापारमा रंगेहात पक्राउ परेकी छिन् । निहारिकाले केहि फिल्महरुमा जूनियर आर्टिस्टको रुपमा काम गरिरहेकी छिन् । निहारिका एक ज्वेलरसँगै रंगेहात पक्राउ परेकी छिन् । निहारिकाले आफूलाई फिल्ममा अफर आइरहोस् भन्ने उद्देश्यले सेक्स र्याकेटमा संलग्न भएको बताइन् ।
मिस्टि मुखर्जीः
सन् २०१४ को जनवरीमा मुम्बईमा एक आइएएसको फ्ल्याटमा भएको छापामारीमा यी हाई प्रोफाइल सेक्स र्याकेटको भण्डाफोर भएको थियो । छापामारका दौरान ब्लू फिल्मका करिब १ लाख ५० वटा सिडिहरु बरामद गरिएको छ । पूरै घटनाको विषयमा निकै सनसनीपूर्ण खुलासा भएको थियो । छापामारीमा दौरान मिस्टिलाई निकै आपत्तिजनक अवस्थामा भेटिएको थियो । source:ratopati

0 comments
Write Down Your Responses