रणबीरले दीपिकालाई गरे प्रपोज तर दीपिकाले थामिन् अर्कैको हात
मुम्बई – भर्खरै बलिउडकी डिम्पल गर्ल दीपिका पादुकोणका कथित प्रेमी रणबीर सिंह फूल लिएर प्रोपोज गरिरहेको देखिएको छ । तर, दीपिकाले उनको प्रोपोजल स्विकार्नु त परै जाओस् उनलाई हेर्दै नहेरि अरु कसैको हात समातेर हिँड्न थालिन् ।
वास्तवमा निर्देशक–कोरियोग्राफर फराह खानको जन्मदिनको मौकामा शानदार पार्टी दिए जसमा फिल्म इन्डष्ट्रिका ठूला–ठूला स्टारहरु पनि पुगेका थिए । एक अंग्रेजी साइटका अनुसार यो पार्टीमा दीपिका र रणबीर पनि आएका थिए, तर उनीहरु दुबैजना अलग–अलग समयमा त्यहाँ पुगेका थिए । तर पार्टीबाट निस्कँदा भने उनीहरु दुबै सँगै निस्केका थिए । यसैबिच रणबीर निकै रमाइलो मुडमा देखिएका थिए र फूल लिएर दीपिकाको पछिपछि लाग्न थाले । उक्त घटनाको मजा लिँदै दीपिका पादुकोण पनि उनलाई वास्ता नगरेको जस्तै गरि करण जोहरको हात समातेर हिँडिन् । रणबीर फूल लिएर दीपिकाको अगाडि निकै प्रेमपूर्वक उभिएका थिए तर दीपिकाले भने उनको यो व्यवहारलाई हाँसेरै उडाइन् । दुबैको मस्तीमा करण पनि निकै हाँसेका थिए । यद्यपी दीपिकाले त्यो फूल लिइन् या लिइनन् त्यो भने पत्ता लागेन तर उनीहरु पार्टी भरि सँगै देखिएका थिए ।

0 comments

Write Down Your Responses

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues