श्वेता छिन् छिनमा यसरी मुर्छित हुन्छिन(भिडियो सहित)
२६ साउन, काठमाडौं । उपचारका क्रममा भारतमा निधन भएका लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठको शव काठमाडौं ल्याइएको छ ।
आज अपराहृन उनको पार्थिव शरीरलाई काठमाडौं ल्याइएको हो । उनको पार्थिव शरीरलाई एयरपोर्टबाट तिनकुने, नयाँबानेश्वर माइतिघर हुँदै प्रज्ञा प्रतिष्ठान कमलादी पुर्‍याइएको छ ।
उनको पार्थिव शरीर ल्याउने खबर पाएपछि कलाकारदेखि शुभचिन्तक विमानस्थल पुगेका थिए । समर्थकहरुलाई प्रहरीले मुल गेटमा रोकेको थियो ।
उनीहरु शवयात्रामा सहभागी भएका छन् । उनको पार्थिव शरीरलाई गाडीमा राखिएको छ । शवयात्रामा सहभागी कालाकार तथा समर्थकको आँखा रसाएको छ ।
श्रीकृष्ण पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिनेछ । जहाँ अहिले सायौं समर्थक पुगिसकेका छन् । उनलाई श्रद्धान्जली दिन सञ्चारमन्त्री मिनेन्द्र रिजाल समेत जानेछन् ।
श्रेष्ठको आजै सरकारी सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिनेछ । गृह मन्त्रालयले श्रेष्ठको अन्त्येष्टिमा १० प्रहरीले सलामी दिनेछ ।
श्रेष्ठको शनिबार राति दिल्लीस्थित गंगाराम अस्पतालमा निधन भएको थियो ।

0 comments

Write Down Your Responses

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues