फेरि अर्को दु:खद खबर: प्रीयंकाले गर्न खोजिन आत्महत्या, किन पुगिन उनी आत्महत्याको स्थितिमा थप विवरणको लागि पुरा समाचार पद्नुहोस..............
भारतीय फिल्म तथा टेलिभिजन उद्योगका तमाम कलाकार टिभि स्टार प्रत्यूषा बनर्जीको आत्महत्याको खबरले स्तब्ध छन्। यसैबीचमा फिल्म स्टार प्रियंका चोपडासँग सम्वन्धित एक खबर सार्वजनिक भएको छ। उनले आफ्ना संघर्षका दिनमा आत्महत्या गर्न खोजेको खबर आएको हो। यो खबर प्रियंकाका एक्स- म्यानेजर प्रकाश जाजु मार्फत बाहिर आएको हो।

बलिउड र हलिउडमा सफलताको झन्डा गाडी सकेकी प्रियंका आज एक पपुलर इन्टरनेशनल स्टार बनिसकेकी छन्। पूर्व मिस वर्ल्ड प्रियंकाका संसारभर करोडौं फ्यानहरु छन् तर एक समय उनी भित्रै देखि कमजोर भएको प्रकाशको भनाई छ।

प्रियंकाले पछिल् समय २-३ पटक आत्महत्याको प्रयास गरेको प्रकाशले ट्विट मार्फत बताएका छन्। प्रियंकालाई आफुले रोकेको समेत उनले दावी गरेका छन्। प्रियंका र उनका पुराना प्रेमी असिम मर्चेंट आपसमा निकै झगडा गर्ने गर्थे। त्यस्तो समयमा रातमा निकै हतास मुद्रामा प्रियंकाले आफुलाई फोन गर्ने गरेको उनको भनाई छ।

एक पटक असिमसँगको झगडा पछि प्रियंका मुम्बईको वसई क्षेत्रमा ड्राइभ गरेर आएको र त्यहाँ आत्महत्याको प्रयाश गरेको प्रकासले बताएका छन्।

यो त सबैलाई थाहा छ प्रियंकाको उनका पूर्व म्यानेजरसँग राम्रो सम्वन्ध छैन। प्रियंकाले प्रकाशसँग कन्ट्रयाक पनि अचानक तोडेकी थिइन्। २००८ मा प्रियंकाका पिताले प्रकाशका विरुद्व केस दायर समेत गरेका थिए। त्यस पछि प्रशाक ६७ दिन जेलमा समेत बसेका थिए।


0 comments

Write Down Your Responses

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues