मनीषाको मृत्युको पोष्टमोर्टम रिपोर्ट र पोलिग्राफ परिक्षणको रिपोर्ट अझै सार्बजानिक गरेन, कारबाही गर्नेमा आशंका
१८ जेठ, काठमाठौं ।

नेपाली फुटवल टिमका चर्चित स्टाइकर विमल घर्तीकी बहिनी मनीषा घर्तीका प्रेमी रुद्रनारायण (आशिष) चौधरीको पोलिग्राफ परीक्षण सम्पन्न भएको छ ।


पश्चिमाञ्चल क्षेत्रिय प्रहरी कार्यालय पोखराको पोलिग्राफ परिक्षण विज्ञटोलीले घटनाको सत्य अनुसन्धान गर्नका लागि पोलिग्राफको सम्पुर्ण तयारी पुरा गरेर आज परिक्षण गरिएको जनाएको छ । यसको पूर्ण  विवरण केही दिनमा मात्र प्रहरीलाई उपलब्ध गराउने विज्ञ टोलीले जनाएको छ । तर  मनिषाका प्प्रेमी रुद्रनारायण (आशिष) चौधरी नवलपरासीको प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र चौधरीकै दाजुभाई चौधरी थर  परेकै कारणले कतै अपराधीलाई संम्रक्षन त गर्ने होइन भन्ने स्थानीयमा त्रास रहेको पाइयो । उनीहरुले नाताबाद कृपाबाद नहेरी जो सुकै भए पनि अपराधीलाई कानुनी कठघरामा ल्याउन जोडदार माग गरे



मंगलबार विहान देखि ५ घण्टा लगाएर आशिषसँग बयान लिइएको हो । आशिषले दिएको बयान भने सार्वजनिक गरिएको छैन । यस अघि आजै मनीषा घर्तीको मृत्युबारे पोष्टमोर्टम रिपोर्ट प्रहरीलाई दिइएको छ ।

के हो पोलिग्राफ ?

पोलिग्राफ परिक्षण सम्बन्धित व्यक्तिबाट सत्य तथ्य कुरा निकाल्ने एक प्राविधि प्रक्रिया हो । पोलिग्राफ परिक्षणमा ईन्भेस्टिगेटिभ, जटिल तथा उच्चस्तरका घटनाहरुको अनुसन्धान गर्ने प्रक्रिया हो । पोलिग्राफ परिक्षणले मान्छेको शारिरीक गतिविधि केहि समयलाई बन्द भएपछि भने दिमाग निष्पक्ष र फुर्तिलो हुन्छ । एउटा शान्त कोठामा गरि पोलिग्राफ परिक्षण समय अवधीभरि मान्छेले आफनो दिमागबाट केहि कुरा आफुले चाहेपनि लुकाउन र झुठो बोल्न सक्दैन ।

विमल घर्तीकी बहिनीको पोष्टमोर्टम रिपोर्ट आयोः यस्तो रहेछ मृत्युको कारण

अघिल्लो साता नवलपरासी बर्दघाट ८ भुताहस्थित विमलको घरमा बुधबार राति मृत अवस्थामा फेला परेकी मनीषाको टिचिङ अस्पतालले एक साता पछि मंगलबार पोष्टमोर्टम रिपोर्ट प्रहरीलाई बुझाएको हो ।

रिपोर्टमा मनीषाको मृत्यु झुण्डिएका कारण भएको भनिएको छ । यद्यपी यो मृत्युलाई आत्महत्या या हत्या भनेर अझै खुट्टाइएको छैन । प्रहरीले मनीषाको मृत्यु संकास्पद भन्दै नवलपरासीबाट काठमाडौं ल्याएर पोष्टमोर्टमका लागि टिचिङ अस्पताल पुर्‍याएको थियो ।

0 comments

Write Down Your Responses

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues