महिलाहरुलाई पूर्ण यौन सन्तुष्टी दिनको लागी लिंग कत्रो हुनुपर्ला ? र कसरी यौन सुन्तुस्टी दिने

सम्बन्ध शारीरिक भन्दा पनि मानसिक बढी हुने बताउँदै आएका छन् । अनुसन्धानको परिणाम पुरुषका लागि खासै दुःखद छैन । किनकी आम पुरुषहरुको अनुमान विपरित महिलाहरुले लिंगको औषत अकाकारमा नै चित्त बुझाउने गरेका छन् । तर, केही महिलाले भने औषत भन्दा केही ठूलो लिंग मन पराउने गरेका छन् । तर, दीर्घकालिन सम्बन्धमा भने उनीहरुले लिंगको आकारका बारेमा खासै गुनासो नगरेको देखिन्छ । अध्ययनका लागि लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालय र युनिर्भसिटी अफ न्यु मेक्सिकोका अनुसन्धानकर्ताहरुले थ्री डी प्रिन्ट गरिएका लिंगका विभिन्न ३३ नमुनाहरु सार्वजनिक गरेका थिए । अमेरिकी नागरिकहरुको औषत लिंग (६ इन्च) का आधारमा यो अध्ययन गरिएको थियो । थ्रीडी लिंग अध्ययन प्रविधिको पछाडि महिलाहरुलाई लिंगको आकारबारे सम्झनका लागि सहयोग पुगोस् भन्ने रहेको थियो । अध्ययनमा सहभागी ७५ जना महिलालाई एक रातको लागि मात्र छनौट गर्नुपर्यो भने कति लामो लिंगको छनौट गर्नुहुन्छ र दीर्घकालिन सम्बन्धमा कत्रो लिंग उपयुक्त लाग्छ रु भनि प्रश्न सोधिएको थियो । अध्ययनका क्रममा एमएनबिसी अनलाइनमा १८ वर्षदेखि ६५ वर्षसम्मका २६४३७ महिलाले प्रश्नावली भरेर उत्तर दिएका थिए । अधिकांशले (८४ प्रतिशत)ले आफ्नो यौनसाथीको जस्तो भएपनि ठीक छ भन्ने जवाफ दिएका थिए । यसले पनि यौनसम्बन्धमा सानो या ठूलो आकारले फरक नपार्ने पुष्टि गर्दछ । अनौपचारिक यौन सम्पर्कमा उनीहरुले आकारलाई बढी महत्व दिएको अध्ययनले देखाएको छ । औषतमा महिलाहरुले ६ दशमलब ४ इन्च लामो र पाँच इन्च चौडा लिंगको आकार चाहेका थिए । तर, दीर्घकालिन सम्बन्धको सवालमा लिंगको आकारप्रति उनीहरुको खासै गुनासो थिएन । किनकी औषतले ६ दशमल ३ इन्च लामोमा नै चित्त बुझाएका थिए । ‘थ्रीडी मोडलद्धारा गरिएको यस अध्ययनमा महिलाहरुले औषत भन्दा अलिक ठूलो मन पराएको देखिन्छ,’ अनुसन्धान पत्रमा उल्लेख गरिएको छ । अध्ययनका क्रममा महिलालाई लिंगको आकार, सेक्सको तरिका लगायतका विषयमा प्रश्न सोधिएको थियो । अध्ययनलाई प्लस ओनमा प्रकाशन गरिएको छ ।

0 comments
Write Down Your Responses