डाक्टरले गायक बाबु बोगटीलाई ६ महिना मात्रै बाँच्छ भनेपछि…(भिडियो)

मिडिया एनपी काठमाडौं, ३१ जेठ । गायक तथा नायक बाबु बोगटीको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नव गीतकार सौरभ तिमल्सिनाको शब्दमा हिजोमात्रै सार्वजनिक भएको एल्वम ‘पाउजू’ भित्र समावेश किरण गजमेरले गाएको ‘मर्छु सजिलै’ बोलको गीतको म्यूजिक भिडियोमा बाबुको अभिनय देखिएको हो । यो गीतमा बाबुको जामेडीका रुपमा नायिका केकी अधिकारी देखिएकी छिन् ।
गीतको भिडियोमा कुनै रोगका कारण डाक्टरले ६महिनाको आयुु तोकिएका एउटा रोगीको उपचारकै क्रममा पूर्ण रुपमा उक्त रोग निदान भएको देखाईएको छ । जहाँ रोगीका रुपमा बाबु देखिएका छन् । किरण गजमेरको स्वर तथा संगीत रहेको यो गीतको म्यूजिक भिडियोलाई सुरज श्रेष्ठले निदेृशन गरेका हुन् ।
प्रवासमा रहेका गीतकार सौरभ तिमल्सिनाको पहिलो एल्वममा समावेश गीत हो यो । देशको राजनीतिक अस्थिरताका कारण भुटानबाट नेपाल आइपुुगेका गीतकार सौरभ अहिले अमेरिकामा छन् । शरणार्थीका रुपमा आफ्नो जीवनको केहि समय नेपालमा बिताएका उनको नेपाली गीत संगीतप्रति गहिरो झुकाव भएकै कारण ‘पाउजू’ साँगीतिक बजारमा आएको छ ।

0 comments
Write Down Your Responses