ज्याकलिनले ३ मिनेट रोमान्सका लागि मागिन १ करोड २० लाख
एजेन्सी ।
बलिउडमा चम्किरहेकी श्रीलंकन सुन्दरी ज्याकलिन फर्नान्डेज बलिउडमा सर्वाधिक महंगी अभिनेत्री बन्ने दिशामा छिन् ।
सलमान खानसँग चलचित्र ‘किक’ मा काम गरेपछि चर्चामा रहेकी ज्याकलिन बलिउडमा चम्किँदैछिन् ।
हालै भारतको उत्तर प्रदेशमा आयोजित सरसफाइ महोत्सवमा बलिउड अभिनेता ऋतिक रोशन, अभिनेत्री परिणिति चोपडाको साथमा त्यहाँ पुगेकी ज्याकलिनले ३ मिनेट नृत्य गर्दा ७५ लाख भारु अर्थात १ करोड २० लाख रुपैयाँ लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
बढ्दो मागसँग ज्याकलिनले आफ्नो भाउ बढाएकी हुन् ।

0 comments

Write Down Your Responses

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues